Published in:
Blog
गोरखा मिलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि.को रजत जयन्ती विशेष योजना सार्वजनिक
गोरखा मिलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो स्थापनाको २५औं वर्ष प्रवेश (रजत जयन्ती) को अवसरमा विशेष कार्यक्रमहरु तथा बचत योजनाहरु सार्वजनिक गरेको छ। संस्था स्थापना भएको २५ वर्षको अवसरमा २०८२ सालको बैशाख १५ गते सोमबारदेखि २६ गते शुक्रबारसम्म अन्तरक्रिया र भेला कार्यक्रमहरु सम्पन्न गरियो, जसमा संस्थाका शेयर सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो|।
कार्यक्रममा संस्थाका अध्यक्ष श्री पुरञ्जन राईले रजत जयन्ती विशेष योजनाहरुको जानकारी गराउँदै नियमित बचतलाई प्रवर्द्धन गर्न "प्रिमियम खुत्रुके योजना" मासिक रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो। साथै, उहाँले दुई नयाँ आवधिक बचत योजनाहरु — १५ महिनाको सावधिक बचत योजना र २५ महिनाको सावधिक बचत योजना — असार मसान्त २०८२ भित्रै सञ्चालन गरिने जानकारी दिनुभयो|।
🎉 रजत जयन्ती विशेष योजनाहरु (असार मसान्त २०८२ सम्ममात्र लागू) 🎉
"गोरखा मिलेनियम २५-महिने टर्म सेभिङ्स" बाट अब उच्च ब्याजसहित भविष्य सुरक्षित बनाउनुहोस्।
- ब्याजदर: ८.५०% वार्षिक (त्रैमासिक भुक्तानी)
- ९०% सम्म कर्जाको सुविधा
- नि:शुल्क इन्टरनेट बैंकिङ्ग सेवा
- यो योजना सीमित अवधिका लागि मात्र उपलब्ध
- १५ महिनाको सावधिक बचत योजना
सानो रकमबाट ठूलो भविष्यको सुरुवात — नियमित मासिक बचत गर्दै समृद्धिको यात्रा थाल्नुहोस्।
- मासिक न्यूनतम Rs. 5,000 बचत प्रतिबद्धता
- मासिक ब्याज पूँजीकरण सुविधा
- ८.२५% वार्षिक आकर्षक ब्याजदर
- QR कोड वा घर/दुकान/कार्यालयबाट जम्मा गर्ने सुविधा
- १ देखि ३ वर्षसम्मको अवधिका लागि बचत
- अवधि पश्चात एकमुष्ठ रकम प्राप्त
- नि:शुल्क SMS तथा इन्टरनेट बैंकिङ्ग सेवा
